• 8:54 pm

राष्ट्रपतिद्वारा संघीय संसद्‌को अधिवेशन आह्वान

१९ भाद्र २०७८, शनिबार १५:२६ १९ भाद्र २०७८, शनिबार १५:२६ १९ भाद्र २०७८, शनिबार १५:२६

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्‌को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *